मंगलबार, माघ १५ २०८१    

ऊर्जामन्त्री खड्काको दाबी– १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्याउँछौं

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, माघ १५ २०८१
  • ऊर्जामन्त्री खड्काको दाबी– १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्याउँछौं

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्याउने सरकारले लक्ष्य रहेको बताएका छन् ।

    मंगलवार काठमाडौंमा आयोजित ऊर्जा ट्रान्समिसन तथा न्युन कार्वन उत्सर्जन इकोनोमिक सम्मेलनमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

    उनले विकास निर्माण गर्दा जोखिम न्युनिकरण गर्ने हिसावले ऊर्जा क्षेत्रको विकासलाई मुलुकको आवश्यकता परिपूर्ति गर्नु पहिलो चाहना भएको बताए । उनले प्रत्येक घरमा एक वर्षभित्रमा विद्युतीकरण सरकारले गरिसक्ने लक्ष्य रहेको उल्लेख गरे।

    उनले भने,‘ प्रत्येक मानिसले प्रयोग गर्ने प्रतियुनिट ऊर्जालाई वृद्धि गर्ने १० वर्षमा प्रतिव्यक्ति १ हजार ५ सय युनिट पुर्याउने लक्ष्य राखेका छौं । सरकारले वातावरणीय प्रभावका कुरालाई सँगै लिएका छौं । हामीले पेरिस सम्झौता गरेका छौं । सन २०४५ सम्ममा शुन्य कार्वन उत्सर्जन गर्ने लक्ष्य राखेका छौं । त्यो लक्ष्य प्राप्तिका लागि काम गरिरहेका छौं । कार्वन उत्सर्जनका हिसावले न्युन छौं । जलविद्युत उत्पादन र प्रशारणलाइनमा देखिएका समस्या पहिचान गरेर सरकारले समाधान गर्छ । त्यो दायित्व सरकारको हो ।’

    उनले लगानीकर्ताले गर्ने जलविद्युत उत्पादनको काममा अवरोध सिर्जना हुने वातावरण नदिने भन्दै १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि सबै मिलेर काम गर्न जरुरी रहेको बताए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार