बुधबार, माघ १६ २०८१    

चलचित्र ‘एक्टरः टेक वान’को प्रदर्शन रोकियो

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, माघ १६ २०८१
  • चलचित्र ‘एक्टरः टेक वान’को प्रदर्शन रोकियो

    काठमाडौ । आज र भोलि दुई दिन सार्वजनिक बिदाको अवसर पारेर रिलिज हुने भनिएको चलचित्र ‘एक्टर टेक वान’ को प्रदर्शन रोकिएको छ ।

    चलचित्र विकास बोर्डमा दर्तादेखि सेन्सरसम्मको सबै प्रक्रिया पुरा गर्दा पनि फिल्मको प्रदर्शन अदालतले रोकेको हो । जिल्ला अदालत काठमाडौंले मंगलबार अन्तरिम आदेश जारी गर्दै फिल्मको रिलिज स्थगित गरेको हो ।

    गत ४ माघमा प्रदर्शन भएको अर्को फिल्म ‘एक्टर’का निर्माताले फिल्मविरुद्ध प्रतिलिपी अधिकार हनन भएको भन्दै रिट दायर गरेका थिए। सोही रिटमा अदालतले तत्काल अन्तरिम आदेश नदिएर अल्पकालीन आदेश दिएको हो । अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

    मदन घिमिरेले निर्देशन गरेको चलचित्र एक्टर’ रिलिज भइसकेको छ । ‘एक्टर’मा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिवु शाह, मनीषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय थियो ।

    ‘एक्टर स् टेक वान’लाई राजन भुसालले निर्देशन गरेका छन् । यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार