बुधबार, माघ १६ २०८१    
Galaxy Khabar
SKIP THIS

लैनचौरस्थित शहीदहरुको शालिकमा प्रधानमन्त्री ओलीद्वारा माल्यार्पण

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, माघ १६ २०८१
  • लैनचौरस्थित शहीदहरुको शालिकमा प्रधानमन्त्री ओलीद्वारा माल्यार्पण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।

    बुधवार लैनचौरस्थित शहीदहरुको शालिकमा प्रधानमन्त्री ओलीले माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेका हुन्।

    हरेक वर्ष शहीदहरुको स्मरणमा माघ १६ गते शहीद दिवस मनाइन्छ । शहीद दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

    सोही अवसरमा प्रधानमन्त्री ओलीसँगै मन्त्रीहरु, सरकारका उच्च पदस्थ कर्मचारीहरु समेत लैनचौर पुगेर शहीदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार