
काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।
सभामुख घिमिरेलाई भेटेर निलम्बन फुकुवा निवेदन बुझाउँदै लामिछानेले आफ्नो सांसद पद निलम्बन कानुनसम्मत नभएको भन्दै निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् ।
सभामुखलाई भेट्न रास्वपाका १५ जना सांसदहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए । आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।
सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा दायर भएपछि ०८१ पुस ८ मा लामिछाने सांसद पदबाट निलम्बित भएका थिए।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
