
काठमाडौं । महिला त्रिकोणात्मक टी ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।
नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो । शृङ्खलामा बिहीवार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।
त्यस्तै, हिजो थाइल्याण्डसँग नेपाल चार विकेटले पराजित भयो । थाइल्याण्डले अस्ति भएको खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको थियो ।
त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र थाइल्याण्डबीच खेल हुनेछ । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
