आइतबार, माघ २० २०८१    

न्यायाधीशलाई झोले भन्दै स्टाटस् लेखेपछि प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

  • GalaxyKhabar

    आइतबार, माघ २० २०८१
  • न्यायाधीशलाई झोले भन्दै स्टाटस् लेखेपछि प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

    अदालतको अपमान गरेको भन्दै रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।

    प्रतिनिधिसभा सदस्य समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए ।

    आज मुद्दा सुनुवाइका लागि जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेशी तोकिएको छ ।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार