
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक मोन्टी देसाईको दुई वर्षको कार्यकाल नथप्ने निर्णय गरेसँगै कार्यकाल सकिएको हो।
क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग भएका देसाईले सामाजिक सञ्जालमामार्फत लामो पोस्ट लेख्दै सबैलाई धन्यवाद दिएका छन्।
मुख्य प्रशिक्षक देसाईले जिम्मेवारीबाट अलग हुनुलाई गुडबाई नभएर धन्यवाद भएको बताएका छन् । जाँदाजाँदै मोन्टीले यो गुडबाई नभई धन्यवाद भएको बताउदै जुनसुकै अवस्थामा पनि नेपालको समर्थन गर्न नछाड्ने समर्थकहरूलाई यो विश्वास कायमै राख्न अनुरोध गरेका हुन् ।
उनले आफ्ना लागि यी दुई वर्ष निकै अविस्मरणीय भएको बताउँदै यो समय विभिन्न मनमोहक क्षणहरू र कोसेढुङ्गाहरूले भरिएको उल्लेख गरे।
देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी प्रमुख प्रशिक्षक नियुक्त भएका थिए ।
उनी प्रशिक्षक बनेसँगै नेपालले लिग २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो । तर पछिल्लो अवधिमा राष्ट्रिय टिमको प्रदर्शन सन्तोषजनक रहेको छैन ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
