
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरा पुगेका छन् । आइतबारदेखि हुने पार्टीका कार्यक्रममा सहभागी हुन देउवा पोखरा पुगेका हुन् ।
देउवालाई पार्टीका नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित नेताहरूले पोखरा विमानस्थलमा स्वागत गरेका थिए। सभापति देउवाले आइतबार महानगर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेसले पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम र पार्टी सुदृढीकरणका लागि भन्दै सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
आइतबार महानगरपालिकाका सभापतिहरू, सोमबार र मंगलबार प्रदेश र ७७ जिल्ला सभापतिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
