आइतबार, माघ २० २०८१    
Galaxy Khabar
SKIP THIS

लुम्बिनी प्रदेश स्थापना दिवस उत्सवको रुपमा मनाइदै, सरकारले दियो भोलि सार्वजनिक बिदा

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, माघ २० २०८१
  • लुम्बिनी प्रदेश स्थापना दिवस उत्सवको रुपमा मनाइदै, सरकारले दियो भोलि सार्वजनिक बिदा

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदैछ । माघ २१ गते सोमबार भोली प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन लागेको हो ।

    लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी देउखुरीमा मनाउने भएको छ। प्रदेशमा उक्त अवसरमा सोमबार सार्वजनिक बिदा दिइएको छ।

    यसअघि २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको दिनलाई प्रदेशसभा स्थापना दिवस र सरकार गठन भएको फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवस मनाउने गरिएको थियो।

    गत वर्षदेखि दुईवटा दिवसलाई एकैदिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको थियो।

    सोही अनुरुप आइतबारदेखि मंगलबार सम्म विभिन्न कार्यक्रम आयोजना गरिएका छन् भने सोमबार स्थापना दिवसको विशेष समारोह आयोजना गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

    यसैगरी स्थापना दिवसलाई भब्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीन दिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावली गरी मनाउने कार्यक्रम रहेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार