सोमबार, माघ २१ २०८१    
Galaxy Khabar
SKIP THIS

आजदेखि राजधानीका विभिन्न स्थानमा आठ दिनसम्म विद्युत् अवरुद्ध

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, माघ २१ २०८१
  • आजदेखि राजधानीका विभिन्न स्थानमा आठ दिनसम्म विद्युत् अवरुद्ध

    काठमाडौं । आजदेखि यही माघ २९ गतेसम्म काठमाडौं उपत्यकाका केही ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै वितरण लाइन भूमिगत गर्ने कार्यका लागि फरक फरक दिन केही ठाउँमा विद्युत सेवा बन्द गर्न लागेको जनाएको हो ।

    प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय लाइन भूमिगत गर्न लागेको छ । सोही अनुसार २९ गतेसम्म ती क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत सेवा अवरुद्ध गर्न लागिएको हो ।

    प्राधिकरणका अनुसार आज टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुलको क्षेत्र, मंगलबार कलंकी फिडरअन्तर्गत कलंकी मालपोत कार्यालय आसपास, बुधबार बालकुमारी, इमाडोल तथा लुभु वरिपरिको क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

    यस्तै बिहीबार नैकापदेखि बलम्बुसम्मको क्षेत्र, २५ गते शुक्रबार बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्र, २७ गते बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्म, २८ गते गोशाला चोकदेखि पुरानो बानेश्वरसम्म र २९ गते रोतोपुलदेखि गौशालासम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार