
काठमाडौं । आइतवार गायक सुशान्त केसीले आफ्नो २८औं जन्मदिनको अवसरमा पारेर एउटा नयाँ गीत ‘झण्डै’ सार्वजनिक गरेका छन् ।
युट्युव तथा टिकटकमा सार्वजनिक गरिएको गीतमा इशान केसी र सुशान्तको संगीत रहेको छ । विछोडको भाव प्रस्तुत गरिएको यो गीत रिलिजको केही घन्टामै युट्युब ट्रेन्डिङमा परेको छ।
गीत सोमबार बिहान २ लाख ३० हजार भ्युजका साथ युट्युब ट्रेन्डिङमा संगीत खण्डतर्फ १३ औं स्थानमा छ।
सुशान्तका लोकप्रिय गीतहरु बार्दली, क्या कर्दिया, सारंगी, हराउन देउ लगायतका म्युजिक भिडियोमा प्रायः अभिनेत्री आना शर्माले अभिनय गर्दै आएकी थिईन् तर यो भिडिओमा भने सुशान्त र राजश्री थापाले अभिनय गरेका छन्।
पछिल्लो समय सुशान्तका एकपछि अर्को गीतले स्रोता-दर्शकको ध्यान तानिरहेका छन्। उनको यसअघिको गीत ‘बार्दली’ युट्युबमा तीन महिनामै ४ करोड ८२ लाखभन्दा बढीपटक हेरिएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
