
काठमाडौं । गण्डकी प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।
मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार एक सूचना जारी गर्दै भोलि प्रदेश स्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने सूचनामा उल्लेख छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
