
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन्।
म्याग्दीको वेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म बिहानी पैदल यात्रा गरेका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिएका हुन्।
प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला,नसा,ग्याष्ट्रिक,बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ ।
आफूले सरकारको नेतृत्व गर्दै गर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै उनले यो योजना बहुवर्षीय टेण्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको बताए।
अध्यक्ष दाहाल म्याग्दीको सदरमुकाम बेनीमा हुन लागेको खबरदारी सभालाई सम्बोधन गर्न पुगेका छन् । उनीसँगै नेताहरू दिनानाथ शर्मा, हरिराज अधिकारीलगायत रहेका छन् ।
अध्यक्ष दाहालले आज बिहान स्थानीयहरूसँग जिल्लाको विकास निर्माण र आयोजनाहरूका बारेमा छलफल गरेका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
