
काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘दुःखी आत्मा’ को ट्रेलर सार्वजनिक भएको छ।
एडल्ट ड्रामा शैलीको यो फिल्म प्रेम, नोकझोंक र यौन मनोविज्ञानको कथावस्तुमा केन्द्रित छ । यो फिल्ममा दयाहाङ कविको भूमिकामा छन्। उनीप्रति युवतीहरूको आकर्षण र उनमा रहेको शारीरिक दुर्बलतालाई ट्रेलरमा देखाइएको छ।
ट्रेलर सार्वजनिक भएको ३ घन्टामै युट्युबको ट्रेन्डिङमा उक्लेको छ । हाल यो सिनेमाको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा छ । यो सामाचार तयार पार्दासम्म सिनेमाको ट्रेलरलाई करिब १ लाख ८३ हजार बढि भ्युज तथा ८ हजार ५ सय लाइक र ६ सय बढि प्रतिक्रिया बटुलेको छ ।
भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मका यसअघि सार्वजनिक गीत, ब्रेकअप कविता र टिजरले राम्रो चर्चा पाएका छन्।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्दे र कवीर काफ्का लगायतका कलाकारको अभिनय छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
