
काठमाडौं । सहारा सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ।
आज बिहान चितवन जिल्ला अदालतमा उपस्थित भएको लामिछानेविरूद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा सुरु भएको छ ।
उनीमाथिको बयान सकिएपछि थुनछेक बहस हुन्छ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।
मंगलबार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । मुद्दामा लामिछानेसहित १५ जनालाई विपक्षी बनाइएको छ ।
१२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ। गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेलाई ठगीको मुद्दामात्रै चलाइएको छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
