बुधबार, माघ २३ २०८१    
Galaxy Khabar
SKIP THIS

त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, माघ २३ २०८१
  • त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । त्रिकोणात्मक महिला टी-२० क्रिकेट शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्धको पहिला ब्याटिङ गर्ने भएको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ४२ रन बनाएको छ।

    यसअघिका चारवटै खेलमा पराजित भएको नेपालको फाइनलमा पुग्ने सम्भावना सकिएको छ। नेदरल्यान्ड्स र थाइल्यान्डसँग समान दुई खेलमा नेपाल पराजित भइसकेको छ।

    नेपालले नेदरल्यान्ड्ससँग अन्तिम खेल खेलिरहेको हो भने थाइल्यान्डसँग पनि अन्तिम खेल बाँकी छ। तीन टोलीले एकअर्काविरुद्ध समान तीन खेल खेलेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

    थाइल्यान्ड र नेदरल्यान्ड्सले फाइनलमा खेल्ने पक्का भइसकेको छ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार