
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ । बिहीवार बिहान संसदको ल्होत्से हलमा बैठक शुरु भएको हो ।
बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ पार्टी पदाधिकारी र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिनेछन् ।
गत माघ १८ गते बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचन भन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेका थिए ।
सोही विषयमा मन्त्री र पदाधिकारीहरुले आज जवाफ दिनेछन् । साथै आज बस्ने संसदको बैठकमा सरकारले ल्याएको अध्यादेशबारे कसरी प्रश्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल हुनेछ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
