
काठमाडौं । गत मंगलबारदेखि नेपाली बजारमा बढेको सुनचाँदीको मूल्य आज पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो तीन दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेको हो।
मंगलबार सुनको मूल्य प्रतितोला १९०० रूपैयाँ, बुधबार प्रतितोला २२०० रूपैयाँ र बिहीबार प्रतितोला १६०० रूपैयाँ बढेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँ बढेर एक हजार नौ सय ८० रूपैयाँ किनबेच भइरहेको छ।
बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
