बिहिबार, माघ २४ २०८१    
Galaxy Khabar
SKIP THIS

दुईवटा विधेयक पेश गरेर राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, माघ २४ २०८१
  • दुईवटा विधेयक पेश गरेर राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित भएको हो ।

    अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएपछि बिहीबार राष्ट्रिय सभाको बैठक आधा घण्टा पनि बस्न सकेन । आजको बैठकमा दुईवटा विधेयक पेस गरिएको छ।

    बिहीबार बसेको बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेश गरेकी हुन्।

    त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ प्रस्तुत गरेका थिए।

    राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि सरकार बिहीबारको बैठकका अध्यादेश प्रस्तुत गर्ने निर्णयबाट पछि हटेको हो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार