शुक्रबार, माघ २५ २०८१    
Galaxy Khabar
SKIP THIS

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार?

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, माघ २५ २०८१
  • सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । तीन दिनदेखि लगातार रुपमा बढेको सुनको मूल्य शुक्रबार सामान्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा पाँच हजार सात सय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा ४०० रुपैयाँ घटेको हो ।

    छापावाल सुन तोलाको एक लाख ६८ हजार एकसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो छापावाल सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँ थियो।

    चाँदीको मूल्य भने आज प्रतितोला पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार