
काठमाडौं । रक्षामन्त्रीको गाडीले काठमाडौंको माइतीघरमा एउटा मोटरसाइकललाई ठक्कर दिएको छ ।
आइतबार करिब १० बजेको समयमा रक्षामन्त्री मानवीर राई सवार गाडीले पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार माइतिघरबाट सिंहदरबारतर्फ जाँदै गरेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
गाडीले ठक्कर दिँदा मोटरसाइकलको ‘लुकिङ्ग ग्लास’ फुटेको र चालकलाई भने कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ ।
घटनामा कुनै गम्भीर क्षति नभएपछि दुवै पक्षले आपसी सहमतिमा कुरा मिलाएको ट्राफिक कार्यालयले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
