आइतबार, माघ २७ २०८१    

संसदीय समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, माघ २७ २०८१
  • संसदीय समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन

    काठमाडौं । संसदीय समितिले शनिवार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ ।

    आईतवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो ।

    अनुगमन, निरीक्षण पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरु आएको र आगलागीले धनको क्षति भएको बताएका हुन् ।

    उनले भने– ‘हामी आगलागी भएको निरीक्षण गर्न आएका हौँ । पूर्वाधार विकास समितिका सम्पूर्ण मान्यज्युहरु टिम नै आउनुभएको छ । यो घटनाले जनको क्षति भएन, धनको क्षति भएको छ । डकुमेण्टहरुमा केही पनि आगो लागेको छैन भनिएको छ । यो घटनाले सिंहदरबारभित्रका कार्यालयहरुको वायरिङदेखि लिएर पहिलादेखि नै हाइ अलर्टमा बस्नुपर्ने महशुस समितिले गरेको छ । अब वायरिङदेखि सबैलाई परीक्षण गर्न जरुरी रहेको आवश्यक देखेका छौँ ।’

    उनले यस घटनाले सिंहदरबारभित्रका कार्यालयहरुको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारीका काम गर्नुपर्नेमा जोड दिए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार