आइतबार, माघ २७ २०८१    
Galaxy Khabar
SKIP THIS

प्रधानमन्त्री ओली भन्छन् – प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाऔं

  • GalaxyKhabar Desk

    आइतबार, माघ २७ २०८१
  • प्रधानमन्त्री ओली भन्छन् – प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाऔं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाउने गरी तयारी गर्न निर्देशन दिएका छन् ।

    आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मुल समारोह समिति गठन तथा कार्यक्रम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

    उनले सरकारी कार्यक्रमहरु आदेश, निर्देशमा हुने तर जनताको कार्यक्रम नहुने गरेको भन्दै यस्तो परिपाटीको अन्त्य गर्न आवश्यक रहेको बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘सरकारी कार्यक्रम हुने, आदेश निर्देशमा चल्ने, जनताको कार्यक्रम नहुने यस्तो हुँदै गयो । यसलाई जनताको कार्यक्रम कसरी बनाउन सकिन्छ रु भन्नेकुरामा संविधान दिवस होस्, प्रजातन्त्र दिवस होस्, गणतन्त्र दिवस होस् । यस्ता कुराहरुलाई जनताको विषय बनाउनु पर्दछ र जनताले यस्ता कुरामा सहभागी भएर सेलिब्रेट गर्न कसरी पाउने, कसरी जनतालाई जोड्ने त्यो कुरामा हामी लाग्नुपर्छ । नत्र भने केही पनि हुँदैन । टुँडिखेलमा मनाउँछौँ, तर त्यहाँ बार बाहिरबाट नमस्कार गर्ने बाहेक जनता जोडि सक्दैनन् । जनस्तरमा प्रजातन्त्र दिवस मनाउनु पर्छ । यो त ल्याएको जनताले हो । जनताको निरन्तरता छँदैछ । जनस्तरमा, नयाँ पिँढीमा कसरी पु¥याउने भन्नेमा लाग्नुपर्छ । नेपालमा सबैभन्दा ठूलो परिवर्तन गरेको कुनै आन्दोलन छ भने २००७ साल कै आन्दोलन हो ।’

    नेपालमा सबैभन्दा ठूलो परिवर्तन गर्ने आन्दोलन २००७ सालको आन्दोलन नै भएको दाबी गर्दै हिंसालाई जनयुद्ध भन्न रुचाउने तर २००७ सालको आन्दोलनलाई स्वीकार्न तयार नहुने स्थितिको अन्त्य जरुरी रहेको उल्लेख गरे ।

    जनस्तरबाट प्रजातन्त्र दिवस मनाउनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मुल समारोह समिति गठन भएको छ । वि.सं.२००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार