सोमबार, माघ २८ २०८१    

फिल्म ‘लाज शरणम्’ मा मेयर बालेनको र्‍याप हेर्न पाइने

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, माघ २८ २०८१
  • फिल्म ‘लाज शरणम्’ मा मेयर बालेनको र्‍याप हेर्न पाइने

    काठमाडौं । हास्य सिरियल सक्किगोनी टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’का लागि महानगरपालिकाका मेयर बालेन शाहले  गीत गाएका छन् ।

    र्‍यापर समेत रहेका बालेनले ‘नेपाल हाँसेको’ बोलको गीत गाएका हुन् । उनकै शब्द, कम्पोज र र्‍याप रहेको यो गीत सोमबार दिउँसो सार्वजनिक हुँदैछ ।

    बालेन आफैँले लेखेको यो र्‍याप नयाँ भने होइन । उनले सन् २०१५ मा नै आफ्नै युट्युब च्यानलबाट अडियो रिलिज गरिएको थियो ।

    बालेनले यही र्‍याप ‘लाज शरणम’ मा प्रयोग गर्न अनुमति दिएका हुन् । अहिले यो र्‍यापलाई फेरी नयाँ रेकर्ड गराएर चलचित्रमा राखिएको हो ।

    बालेनको स्वरमा ‘बलिदान, स्याभेज, मार्फाको मदिरा, गोर्खाली तोप’ लगायतका गीतहरु सार्वनिक भइसकेका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार