सोमबार, माघ २८ २०८१    
Galaxy Khabar
SKIP THIS

संसदमा बालेनलाई चुनौती दिँदै अमरेश सिंहले भने – हिम्मत भए संसद भवन, सिंहदरबार भत्काएर देखाउ

  • GalaxyKhabar Desk

    सोमबार, माघ २८ २०८१
  • संसदमा बालेनलाई चुनौती दिँदै अमरेश सिंहले भने – हिम्मत भए संसद भवन, सिंहदरबार भत्काएर देखाउ

    काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई संघीय संसद भवन भत्काएर देखाउन चुनौति दिएका छन् ।

    सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले प्रमुख साह तानाशाह भएर निस्किएको उल्लेख गर्दै नागरिलाई एकठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको बताए ।

    उनले भने, ‘बालेनलाई म चुनौती दिन चाहान्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाउ, सिंहदरबार भत्काएर देखाउ, रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाउ । हिम्मत छ भने बालुवाटार र राष्ट्रपति निवास शितल निवास भत्काएर देखाउ । यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन । म संघीय सरकारलाई आग्रह गर्न चाहन्छु यो देश बहुभाषिक हो बहुधार्मिक हो । यहाँ हरेक तप्काको एक ठाउँबाट अर्को ठाउँमा जाने, बोल्ने र बस्ने स्वतन्त्रता संविधानले दिएको छ । यो त लथालिङ्ग देशको भताभङ्ग चाला, जहाँ जसले सके त्यहीले खाला भयो । यो न्याय मरेको देश हो ? के कानून नभएको देश हो रु त्यो मेयर किन तानाशाह भएर निस्किएको छ ?’

    उनले प्रमुख साहले कवाडी व्यवसायिमाथि दमन गरिरहेको उल्लेख गर्दै उक्त कार्य रोक्न सरकारको ध्यानाकर्षण समेत गराए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार