
काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको शानदार मस्म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो ।
रविनको हिजो साँझ र भीमको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत बिहीबार केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको शानदार मस्म सेन्टरमा ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
