मंगलबार, माघ २९ २०८१    
Galaxy Khabar
SKIP THIS

सुनको मूल्य तोलामा १ लाख ७० हजार नाघ्यो, आज कतिमा हुँदैछ किनबेच ?

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, माघ २९ २०८१
  • सुनको मूल्य तोलामा १ लाख ७० हजार नाघ्यो, आज कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू छ सयले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सुन तोलाको एक लाख ७० हजार २ सयमा कारोबार भइरहेको छ।

    सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, मंगलबार चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेर एक हजार ९४५ कायम भएको छ ।

    सोमबार चाँदी तोलाको १ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार