मंगलबार, माघ २९ २०८१    

संसद्को कार्यसूचीबाट किन हटाइयो भ्रष्टाचार विधेयक ?

  • GalaxyKhabar Desk

    मंगलबार, माघ २९ २०८१
  • संसद्को कार्यसूचीबाट किन हटाइयो भ्रष्टाचार विधेयक ?

    काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

    बैठकमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेपनि प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार विधेयक अगाडि बढाउने उक्त कार्यक्रम अन्तिम समयमा हटेको छ ।

    मंगलबार सार्वजनिक कार्यसूचीमा भ्रष्टाचार सम्बन्धी विधेयक अगाडि बढाउने कार्यक्रम हटेको हो ।

    सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो ।

    २०७६ माघ ६ मा राष्ट्रियसभामा दर्ता भएको यो विधेयक वर्तमान प्रधानमन्त्री ओलीले नै दर्ता गरेका हुन् ।

    यो विधेयक २७ चैत २०७९ मा पास भएर प्रतिनिधिसभामा आएर सैद्धान्तिक छलफल गरेर ३१ भदौ २०८० मा विधेयकलाई राज्य व्यवस्था समितिमा पठाएको थियो ।

    २०८१ पुस ८ मा राज्य व्यवस्था समितिले पारित गरेको भ्रष्टाचारसम्बन्धी विधेयक प्रतिनिधि सभामा पुगेर अड्किएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार