
काठमाडौं । सरोकारवालाहरुले नेपालमा करिव ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा चलिरहेको बताएका छन् ।
विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
उनीहरुले साढे तीन सय बढी सामुदायिक रेडियोहरु रहेको भएपनि उनीहरुले सरकारका विषयवस्तुहरु मात्रै प्रशारित गर्ने गरेको उल्लेख गरे । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तारानाथ दाहालले नेपालभर रहेका करिव ३ सय सामुदायिक रेडियोहरुले राष्ट्रिय समाचार समितिले दिने समाचार प्रशारण गर्ने गरेको बताए। सामुदायिक रेडियोहरुले समुदायको भन्दा बढी सरकारको समाचार प्रशारण गर्ने गरेको उल्लेख गरे । उनले राससबाट उपलब्ध हुने समाचारमा सरकारका समाचारहरु बढी हुने गरेको समेत बताए।
उनले भने, ‘नेपालको झन्डै ३० प्रतिशत मिडिया इकोसिस्टम कन्ट्रोल बाइ द गभर्मेण्ट । कन्टेनहरु गर्यो भने हाम्रो साढे तीन सय सामुदायिक रेडियो छन् । तर ति सामुदायिक रेडियोहरुले बजाउँछन् कसको समाचार ? राससको । रासस कसको सरकारको । त्यो समुदायको माध्यम भयो की सरकारको माध्यम भयो । राससबाट आउने कन्टेन त सरकारको कन्टेन हो । त्यो सरकारको मिडिया हो । हाम्रो मिडिया अहिले पनि रियल सोसाइटीबेस भएको छैन ।’
उनले सञ्चारमाध्यमहरु अहिले पनि समुदायमा आधारित बन्न नसकेको गुनासो गरे ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
