बिहिबार, फाल्गुन १ २०८१    
Galaxy Khabar
SKIP THIS

७ अंकले घटेर बन्द भयो सेयर बजार

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, फाल्गुन १ २०८१
  • ७ अंकले घटेर बन्द भयो सेयर बजार

    काठमाडौँ । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ।

    नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा अडिएको हो। यसदिन ३०२ स्क्रिप्सको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर ७ अर्ब ९२ करोड १३ लाख ९८२ रुपैयाँमा खरिदबिक्री भए।

    सामान्य अंकले घटेको बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मातृभूमि लघुवित्त वित्तीय संस्था,कुमारी सवल योजना,गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी पोखरा फाइनान्सको ९.९८ र बराही हाइड्रोपावरको ६.७७ प्रतिशतले बढ्यो।

    न्यादी हाइड्रोपावरका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ३४ करोड १४ लाख ७५ हजार १७४ रुपैयाँ बराबरको सेयर कारोबार गर्यो।

    यसैगरी सीईडीबी होल्डिंक्सको २६ करोडको सेयर कारोबार हुँदा राधी विद्युतको २० करोड,सिन्धा विकास बैंक र सेन्ट्रल फाइनान्सको १९/१९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    कारोबारमा आएकामध्ये ७६ वटा स्टक्सको मात्रै मूल्य बढ्यो। १६२ वटा स्टक्सको मूल्य घट्दा ६ वटाको स्थिर रह्यो। तीनवटा समूहको उपसूचक बढ्दा बाँकी १० वटाको सूचक नकारात्मक देखिए।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार