
काठमाडौँ । कृषि, तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रलाई यान्त्रीकरणको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने बताएका छन्।
शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भर बन्न यान्त्रीकरणको जरुरी रहेको बताएका छन् ।
उनले एक्स्पोले कृषि क्षेत्रको विकास गर्न महत्वपूर्ण जानकारी दिने विश्वास राखेको बताएका छन् । उनले यान्त्रीकरणको माध्यमबाट मात्रै कृषिको विकास हुनेकुरा सबैले स्वीकार्नुपर्ने बताए । उनले सामान्य भन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रीकरणकै माध्यमबाट अगाडि जानसके आत्मनिर्भरताका लागि मात्रै नभइ व्यवसायिक खेतीका लागि र नेपालीहरु बचाउनका लागि नेपालीहरुको भान्सामा पुग्न सकिने बताए ।
उनले प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिनसक्ने वातावरण तयार गर्ने सरकारको उद्देश्य रहेको बताए । मन्त्री अधिकारीले एक्स्पोले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ठूलो टेवा पुग्ने र यस किसिमको प्रदर्शनीहरु ग्रामिण क्षेत्रमा पनि गर्न जरुरी रहेको बताए।
मन्त्री अधिकारीले भने, ‘आज जुन एक्स्पो भइरहेको छ, भृकुटीमण्डपमा । हामीले सबै भ्रमण गरेका छौँ । मलाई लाग्दथ्यो, कृषिमा विकास कुन ढंगबाट गर्न सकिन्छ रु भन्ने विषयमा एउटा चिन्ता र चासो पनि थियो । तर आज भ्रमण गरिसकेपछि धेरै सन्दर्भहरु, विशेष गरी यान्त्रीकरणको माध्यमबाट मात्रै कृषिको विकास हुने रहेछ । हामी गोरु जोतेर हुर्किएको मान्छे । एक हल गोरु नारेर जोतेर त्यसबाट उत्पादन भएको चिज खाने र त्यसैबाट चल्ने गर्दथ्यौँ । त्यो होइन रहेछ । अहिले हामीले गोरु पालेर र जोतेर मात्रै हुने रहेनछ । यान्त्रिकरणको विशेष विकास भइसक्यो । हामीले सामान्य भन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रीकरणकै माध्यमबाट अगाडि जानसके हामीले आत्मनिर्भरताका लागि मात्रै नभइ व्यवसायिक खेतीका लागि र नेपालीहरु बचाउनका लागि नेपालीहरुको भान्सामा हामी आफैँ पुग्नसक्छौँ । प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिनसक्ने वातावरण तयार गर्ने सरकारको उद्देश्य छ । यो एक्स्पोले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ठूलो टेवा पुगेको छ । मन्त्रालयबाट के कस्तो सहयोग गर्नुपर्ने हो त्यसका लागि मन्त्रालय तयार छ । यस्तो एक्स्पो ग्रामिण तह, सातै प्रदेशमा लैजानसके झनै फाइदा हुनेछ ।’
प्रदर्शनी आईतवारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था समेत मिलाइएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
