आइतबार, फाल्गुन ४ २०८१    

शानदार मःम ग्यास विस्फोट : मृतकको संख्या ४ पुग्यो, ७ जनाको उपचार जारी

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, फाल्गुन ४ २०८१
  • शानदार मःम ग्यास विस्फोट : मृतकको संख्या ४ पुग्यो, ७ जनाको उपचार जारी

    काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते काभ्रेको बेथानचोक घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो ।

    उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ। योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

    यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी-७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।

    केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको शानदार म:म सेन्टरमा ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार