
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेटघाटका लागि पूर्ण बन्देज लगाएको छ ।
नेता तथा कार्यकर्ताहरुको बाक्लो भीड हुन थालेपछि सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गरी अस्पतालले भेटघाटलाई पूर्ण बन्देज लगाएको हो ।
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा उनीहरु घाइते भएका उनीहरुको स्वास्थ्यमा भने सुधार आएको छ ।अस्पतालका अनुसार पोखरा घटनाका कारण पौडेल र आचार्यको शरीरको करिब ६ प्रतिशत भाग जलेको छ ।
आईतवार बिहान राष्ट्रपति पौडेल, सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का लगायतले उपचाररत उपप्रधानमन्त्री पौडेललाई भेट गरी स्वास्थ्यलाभको कामना गरेका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
