आइतबार, फाल्गुन ४ २०८१    
Galaxy Khabar
SKIP THIS

रास्वपा सांसद कंसाकार भन्छिन् – जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र तत्काल स्थापना गरौँ

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, फाल्गुन ४ २०८१
  • रास्वपा सांसद कंसाकार भन्छिन् – जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र तत्काल स्थापना गरौँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दावासिनी कंसाकारले जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र स्थापना गर्न माग गरेका छन् ।

    आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग राखेकी हुन्। उनले प्रत्येक वर्ष ६० देखि ६५ हजार नेपाली नागरिक जलनमा पर्ने गरेको उल्लेख गरिन् । उनले नेपालमा जनशक्ति उत्पादन र स्वास्थ्य क्षेत्रलाई गम्भिर रुपमा नलिँदा उच्च पदस्थ व्यक्तिहरु समेत जलनमा पर्ने गरेको बताईन् ।

    उनले भनिन्, ‘थिन्क सेफ्टी, डू सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सिमित भएको छ । त्यसैले जलन जसलाई जहाँ जुन बेला पनि हुनसक्छ । यसले ठूलो मान्छे सानो मान्छे भन्दैन । जसको पनि ज्यान जानसक्ने, अपांग हुने सक्ने सम्भावना हुन्छ । यही आवश्यकता महशुस गर्दै मैले ७ महिना अगाडि गैरसरकारी विधेयक दर्ता गराएको थिए । वर्षेनी ६० देखि ६५ हजार नेपालीहरु जलनमा पर्ने गर्छन । त्यसकारण जलन विधेयक पारित गरौं । जलन उपकेन्द्र स्थापना गरौं । र आवश्यक जनशक्ति उत्पादन र उद्धार प्रणालीमा सुधार गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    उनले उच्च पदस्थ व्यक्तिलाई तत्कालै हेलिकेप्टरको व्यवस्था गरिने तर आम नागरिकले एम्बुलेन्स समेत पाउन नसक्ने अवस्था रहेको बताईन्। कंसाकारले ७ महिना अघि जनलसम्बन्धी गैरसरकार विधेयक संसदमा दर्ता गराएकी थिईन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार