
काठमाडौं । खोटाङको हलेसी बजारमा आइतबार साँझ लागेको आगलागी करिब चार घण्टापछि निभाइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको रणभीम गणबाट खटिएको फायर फाइटिङ टोलीले आगलागी नियन्त्रणमा लिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट आइतबार साँझ ६ बजे आगो लागेको हो ।
आगलागीबाट राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ ।
आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।
दुई घर पूर्णरूपमा जलेका छन् भने एक घर आंशिक रूपमा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । क्षतिको प्रारम्भिक अनुमान अनुसार करिब १ करोड रुपैयाँभन्दा बढीको धनमाल जलेको छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
