सोमबार, फाल्गुन ५ २०८१    

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, फाल्गुन ५ २०८१
  • अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज ‘डिस्चार्ज’ भएका छन् ।

    अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज कीर्तिपुर बर्न अस्पतालबाट घर फर्किएका हुन्।

    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार हुने अस्पतालले जनाएको छ।

    गत शनिवार पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो ।

    बेलुनमा आगो टिपेपछि मन्त्री पौडेल र मेयर आचार्यको शरीरमा आगो सल्किएको थियो ।

    दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि हेलिकप्टरबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार