मंगलबार, फाल्गुन ६ २०८१    
Galaxy Khabar
SKIP THIS

दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गर्ने उर्जामन्त्री खड्काको दाबी

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, फाल्गुन ६ २०८१
  • दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गर्ने उर्जामन्त्री खड्काको दाबी

    काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले अबको दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको दाबी गरेका छन् ।

    प्रतिनिधि सभाको मंगलवारको बैकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् ।

    उनले सरकारले अबको दश वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोले सोहीअनुरुप काम गरिरहेको बताए । उनले आफूले मन्त्रालय सम्हाले यता १६ वटा जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र दिइएको बताए।

    उनले १४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरेको समेत उल्लेख गरे । उनले अहिले ९५० मेगावाट भारत निर्यात गरिरहेको बताए । उनले सर्वेक्षणका आधारमा अबको दश वर्षमा १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक खपत गर्ने र बाँकी रहेको विद्युतको लागि समेत बजार सुनिश्चित भइसकेको दाबी गरे ।

    उनले भने, ‘यस अवधिमा विद्युत विकास विभागबाट १६ वटा जलविद्युत आयोजनाका सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रशारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र, १४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरिएको छ । सरकारको निर्णयअनुसार यस मन्त्रालयले १० वर्षको अवधिमा २८५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको छ । यसको बजार सुनिश्चित भइसकेको समेत म जानकारी गराउन चाहन्छु । हामीले अहिले ३४०० मेगावाट विद्युत उत्पादन गर्न सकेका छौं । अबको दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यको साथ काम गरिराखेको व्यहोरा जानकारी गराउन चाहान्छु । यसमा आन्तरिक खपत १३ हजार ५०० मेगावाट हुने लक्ष्य राखिएको छ । यो सर्वेक्षणकै आधारमा भएको हो । यसपटक हामीले सम्झौता गरेर ९५० मेगावाट विद्युत निर्यात गरिरहेको जानकारी गराउन चाहन्छु । दश वर्षको अवधीमा थप विद्युत उत्पादन गर्नको लागि ६२ खर्ब बराबरको पुँजी परिचालन हुने अनुमान गरिएको छ । यो लक्ष्य हेर्दा महत्वकांक्षी तर सम्भव भएको जस्तो देखिएको छ । भारत भ्रमणका क्रममा अन्तरदेशीय प्रशारणका रोकिएका कामहरु सुचारु गर्ने कुरा भएको छ ।’

    उनले भारतसँग जोडिएका अन्तरदेशीय प्रशारण लाइन मर्मतको काम शुरु भइसकेको दाबी गरे।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार