
काठमाडौँ । गत वर्षको चौथो त्रैमासिकमा मलेसियाको कुल जनसंख्या ३४.२ मिलियन पुगेको छ । जसमा १.३ प्रतिशतले सुस्त वृद्धि भएको छ ।
तथ्याङ्क विभाग मलेसियाले जीवित जन्म संख्यामा आएको कमीसँगै जनसंख्या वृद्धि दरमा पनि गिरावट आएको छ । कुल जनसंख्यामा ३०.८ मिलियन (९०.१ प्रतिशत) नागरिक र ३४ मिलियन (९.९ प्रतिशत) गैर–नागरिकहरू छन् ।
पुरुष जनसंख्या २०२३ को चौथो त्रैमासिकमा १७.७ मिलियनबाट बढेर १८ मिलियन पुगेको छ । जबकि महिलाहरूको जनसंख्या १६ मिलियनबाट बढेर १६.२ मिलियन पुगेको छ ।
चौथो त्रैमासिकमा जातीय मलेसियालीहरू जनसंख्याको ५८.१ प्रतिशत थिए । जुन एक वर्ष अघिको ५८ प्रतिशतबाट थोरै बढेको थियो ।
सोही अवधिमा भारतीयहरूको संख्या ६.६ प्रतिशतबाट घटेर ६.५ प्रतिशतमा झरेको छ भने चिनियाँहरूको संख्या २२.४ प्रतिशतमा अपरिवर्तित रहेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
