बुधबार, फाल्गुन ७ २०८१    
Galaxy Khabar
SKIP THIS

कालीमाटी तरकारी बजारमा एक जना मृत फेला, सँगै बस्ने चार जना पक्राउ

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, फाल्गुन ७ २०८१
  • कालीमाटी तरकारी बजारमा एक जना मृत फेला, सँगै बस्ने चार जना पक्राउ

    काठमाडौँ । काठमाडौँको कालीमाटी तरकारी बजारमा एक जना मजदुरको हत्या भएको छ।

    तरकारी बजारमा काम गर्ने मकवानपुरका ४१ वर्षीय रामकृष्ण दाहाल बुधबार बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। उनको टाउको र शरीरमा चोटपटक देखिएको छ।

    तरकारी बजारमा भारी बोक्ने काम गर्ने दाहालको हत्या आशंकामा प्रहरीले उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

    बिहान कोठा नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले कालीमाटी प्रहरी वृत्त र अपराध अनुसन्धान कार्यालयको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। कुटपिटबाट दाहालको हत्या भएको प्रहरीको अनुमान छ।

    पक्राउ परेका चार जना पनि तरकारी बजारमै काम गर्ने र सँगै बस्ने व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार