बिहिबार, फाल्गुन ८ २०८१    
Galaxy Khabar
SKIP THIS

रेकर्ड ब्रेक नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, फाल्गुन ८ २०८१
  • रेकर्ड ब्रेक नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

    बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५ सय र चाँदीमा १० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

    बुधबार एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार कायम भएको छ । यो मूल्य यसअघि कात्तिक १५ गते बनेको सुनको मूल्यको रेकर्डसँग बराबरी हो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९९५ रुपैयाँमा किनबेच भईरहेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार