
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधान सभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोनगरमा राखिएको छ ।
बिहीवार निधन भएका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा राखिएको हो ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालसमेत पार्टी केन्द्रिय कार्यालय पुगेका छन् ।
उनको बिहीवार बिहान उपचारका क्रममा निधन भएको हो । ५९ वर्षीय सापकोटा २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । उनको निधनप्रति दुःख प्रकट गर्दै पार्टीले उनको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेको छ । श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका महासचिव घनश्याम भुसालले उनको योगदानको स्मरण गर्दै उनका योगदान नवयुवाहरुमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
सापकोटाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अध्यक्ष नेपालले सम्मान व्यक्त गरे ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
