बिहिबार, फाल्गुन ८ २०८१    

प्रधानमन्त्री ओली सेनाको हेलिकोप्टरमा पोखरा जाँदै

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, फाल्गुन ८ २०८१
  • प्रधानमन्त्री ओली सेनाको हेलिकोप्टरमा पोखरा जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्।

    पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहको उद्घाटनका लागि प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्।

    उनी नेपाली सेनाको कल साइन एनए ०६७ हेलिकोप्टरमा बालुवाटारबाट त्यता प्रस्थान गर्ने कार्यक्रम छ ।

    समारोह पोखरा महानगरपालिका-३० ढुंगेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुनेछ।

    समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थीलाई उपाधि प्रदान गरिने जनाएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार