बिहिबार, फाल्गुन ८ २०८१    

हनुमानढोकामा एक जना मृत फेला

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, फाल्गुन ८ २०८१
  • हनुमानढोकामा एक जना मृत फेला

    काठमाडौँ । हनुमानढोका एक जना मृत फेला परेका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक पुरुषको शव भेटिएको हो ।

    अन्दाजी ३०-३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको वतनसमेत अहिलेसम्म खुलेको छैन ।

    शवको प्रकृति हेर्दा हत्या जस्तो देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। अहिले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार