
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
अघिल्लो दिन बिहीबार प्रतितोला सुन १ हजार ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन शुक्रबार तोलामा १ लाख ७० हजार कायम भएको छ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य तोलामा पाँच रूपैयाँले घटेर एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
