शुक्रबार, फाल्गुन ९ २०८१    
Galaxy Khabar
SKIP THIS

हरिवंश आचार्य अभिनित चलचित्र ‘भूठान’को टिजर सार्वजनिक

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन ९ २०८१
  • हरिवंश आचार्य अभिनित चलचित्र ‘भूठान’को टिजर सार्वजनिक

    काठमाडौं । हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र भूठानको टिजर सार्वजनिक भएको छ ।

    ओ.एस.आर डिजिटलबाट सार्वजनिक भएको टिजरमा हरिवंश आचार्य गम्भी मुद्रामा देखिएका छन् जहाँ उनी अमेरिका लगिएका भुटानी आप्रवासी भएको र आफनो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाईएको छ ।

    भूठान शव्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ ।

    चलचित्रले भुटानदेखि नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र विदेशमा बस्नुपर्दा आफ्नो जन्म घर हराएको सबै आप्रवासीको पिडा प्रस्तुत गरेको छ ।

    विनोद पौडेलले निर्देशन गरेको फिल्मको मुख्य भूमिकामा आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा , रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्न रहेका छन् ।

    अविरल थापा,राजेन्द्र ठकुराठी,अमिताव जोशी,सुशांक मैनाली र किर्तना बाँस्कोटा प्रमुख निर्माता रहेको यो चलचित्र २०८२ साल वैशाख १२ गते संसारभर प्रदर्शनमा आउनेछ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार