
काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार एउटा घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगलागि भएको हो ।
ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिइसकेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
