आइतबार, फाल्गुन ११ २०८१    
Galaxy Khabar
SKIP THIS

आन्दोलन चर्किएपछि ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, फाल्गुन ११ २०८१
  • आन्दोलन चर्किएपछि ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

    काठमाडौं । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विरोध चर्किएपछि निषेधाज्ञा जारी गरिएको छ ।

    ‘नो केबलकार’ पक्ष र प्रहरीबीच शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा झडप भएपछि आज बिहान ५ बजेबाट लागू हुनेगरी फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

    प्रदर्शन र जुलुसका कारण स्थानीयस्तरमा प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थिति देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो ।

    प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

    यसै घटनालाई लिएर ताप्लेजुङमा प्रहरीले केबलकार समूहका १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार