आइतबार, फाल्गुन ११ २०८१    
Galaxy Khabar
SKIP THIS

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशनको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ देखि

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, फाल्गुन ११ २०८१
  • राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशनको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ देखि

    काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते हुने भएको छ ।

    आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एशोसिएशनले फागुन १६ र १७ गते बेस्ट वेस्टन प्लस होटलमा हुने जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै एशोसिएशनका अध्यक्ष सुवास न्यौपानेले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन् । महाधिवेशन निजी विद्यालयसँग जोडिएका नीतिगत एवं व्यवहारिक मुद्दाहरु तथा समसामयिक विषयवस्तुप्रति विशिष्ट ढंगले छलफल गरी निकास दिनेमा केन्द्रित हुने अध्यक्ष न्यौपानेको भनाइ छ ।

    राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीच कतिपय मुद्दाहरुमा देखिएका असमझदारीलाई समेत निराकरण गर्दै अगाडि बढ्न महाधिवेशनले स्पष्ट दिशा निर्देशन गर्ने विश्वास व्यक्त गरे । उनले मुलुकले नयाँ शिक्षा ऐन पाउन नसक्नु दुःखको विषय भएको बताए। प्रविधिको विकाससँगै शिक्षा क्षेत्र पनि अघि बढ्नुपर्ने तर नेपालको शिक्षा नीति ५३ वर्ष पुरानो रहेको जिकिर गरे ।

    उनले राष्ट्रिय महाधिवेशनले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको बारेमा समाधान गर्ने विश्वास व्यक्त गरे ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार