आइतबार, फाल्गुन ११ २०८१    

सांसद राईको प्रश्नः भन्सारमा नेपाली एजेण्टले काम नपाउने र विदेशीले प्रभाव पार्ने कसरी भयो ?

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, फाल्गुन ११ २०८१
  • सांसद राईको प्रश्नः भन्सारमा नेपाली एजेण्टले काम नपाउने र विदेशीले प्रभाव पार्ने कसरी भयो ?

    काठमाडौँ । नेकपा (माओवादी केन्द) की सांसद दुर्गा राईले भन्सारमा नयाँ एजेण्टले काम नपाउने र विदेशी एजेण्टले बढी प्रभाव पारेको समाचार आएको भन्दै अर्थ मन्त्रालयसँग जवाफ माग गरेकी छन् ।

    आईतवार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उनले यस्तो बताएकी हुन् ।

    उनले भन्सार अर्थतन्त्रसँग प्रत्यक्ष जोडिने भन्दै भन्सारमा हुने गतिविधिले अर्थतन्त्रमा प्रत्यक्ष असर पुग्ने बताइन् । उनले मुलुकलाई कतातिर लैजाने भन्नेकुरा भन्सारका गतिविधिले पनि तय गर्ने बताइन् ।

    उनले भनिन्, ‘भन्सार अर्थतन्त्रसँग प्रत्यक्ष जोडिन्छ । मुलुकको अर्थतन्त्रमा नै प्रभाव पार्दछ । भन्सारमा हुने गतिविधिले सिधा अर्थतन्त्रमा प्रभाव पार्दछ । मुलुकलाई कतातिर लैजाने भन्नेकुरा भन्सार विभागको गतिविधिले असर पार्दछ । भन्सारमा नयाँ एजेण्टले काम नपाउने र विदेशी एजेण्टले बढी प्रभाव पारेको भन्ने छ । यो बारेमा के हो समितिसँग र अर्थ मन्त्रालयसँग मेरो जिज्ञासा छ । नेपालको भन्सार एजेण्टले किन काम पाउन सकेका छैनन् ?’

    उनले नेपालको भन्सार एजेण्टले किन काम पाउन सकेका छैनन् ? भन्दै प्रश्नसमेत गरिन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार