
काठमाडौँ । केपी ओली कप फुटबल आजबाट शुरु भएको छ ।
ललितपुरको एन्फा कम्प्लेक्समा आजबाट केपी ओली कप शुरु भएको हो ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, कलाकार हरिवंश आचार्य लगायतका नेता कार्यकर्ता र कलाकारहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री ओलीको आज जन्मदिन परेकाले आज एन्फा कम्प्लेक्समा नै केक काटेर उनको जन्मदिन मनाइएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
